मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 14, 2010

१३ विद्यार्थी संगठन आन्दोलनमा

नयाँ पत्रिका, काठमाडौं, २९ असार, त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह हटाउने निर्णयको विरोधमा १३ विद्यार्थी संगठन आन्दोलनमा उत्रने भएका छन् । भरपर्दो विकल्प तयार नगरी प्रमाणपत्र तह खारेज नगर्न चेतावनी दिँदै उनीहरूले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।

विद्यार्थी संगठनले अघिल्लो वर्ष विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच भएका सहमति कार्यान्वयन नभएकाले प्रमाणपत्र तह खारेज गर्न नदिने निर्णय गरेका छन् । उनीहरूले ज्ञापनपत्र बुझाउनेदेखि धर्ना तथा प्रदर्शनसम्मका आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

विद्यार्थी संगठनले मंगलबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ३० असारमा शिक्षा मन्त्रालय, त्रिवि, उच्च माध्यमिक शिक्षा परिषद्मा समयसीमासहितको ज्ञापनपत्र बुझाउने, ३१ मा त्रिवि सभालाई लक्षित गरी विरोध प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम छन् । त्यस्तै, ३२ असारमा व्यवस्थापिका संसद्मा लबिङ गर्ने, २ साउनमा परिषद् र त्रिवि पदाधिकारीको कार्यालयमा तालाबन्दी गर्ने र ३ र ४ साउनमा शिक्षा मन्त्रालयमा धर्ना र सभा गर्ने पनि विद्यार्थी संगठनले जनाएका छन् ।

0 comments: