मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 11, 2010

माओवादी प्रस्तावप्रति काङ्ग्रेस र एमालेको असहमति

२७ असार, काठमाडौं । नेपाली काङ्ग्रेस र नेकपा एमालेले एकीकृत नेकपा माओवादीको राष्ट्रिय सहमतिको प्रस्तावलाई अस्वीकार गरेका छन् । माओवादी संविधानसभा दलको कार्यालय सिंहदरबारमा आइतबार विहान बसेको मुख्य तीन दलको संयुक्त बैठकमा काङ्ग्रेस र एमालेका नेताहरुले माओवादीले तयार पारेको प्रस्ताव शान्तिसम्झौता विपरित भएको दावी गरेका हुन् । बैठक भोली विहान पुनः बस्ने बैठकबाट बाहिरिएका नेताहरूले जानकारी दिएका छन् ।

सेना समायोजन र संविधान निर्माणसँग संवन्धित विषयलाई समेटेर माओवादीले हिँजो सार्बजनिक गरेको राष्ट्रिय सहमतिको प्रस्तावमा नेपाली सेना र जनमुक्ति सेनालाई समान हैसियत दिएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

यसअघि काङ्ग्रेस र एमालेले शान्तिप्रक्रिया सम्बन्धी कार्यतालिका ल्याए माओवादीलाई राष्ट्रिय सरकारको नेतृत्व दिने बताएका थिए ।

बैठकमा नेकपा एमालेले ओखलढुङ्गाका आफ्ना कार्यकर्ता छवि कार्कीको हत्या माओवादीले गरेको भन्दै बैठकमा आपत्ती जनाएको थियो । माओवादीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नभएको स्पष्ट पारेको थियो ।

काङ्ग्रेस र एमालेको असहमतिले राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमतीय सरकार गठन हुने सम्भावना न्युन भएको छ । राष्ट्रपतिले थप गरेको पाँच दिनको समय भोली सकिँदैछ । सहमतिको सरकार गठन हुन नसके राष्ट्रपतिले पुनः बहुमतको आधारमा सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गर्ने संवैधानिक व्यवस्था छ । (onlinekhabar)

0 comments: