आइतबार विश्वकप २०१० को फाइनलका लागि स्पेन र नेदरल्याण्डस् जोहानसवर्ग रंगशालामा उत्रिदा विश्वभरिका दर्शकहरुको सवैभन्दा बढि ध्यान २ जना खेलाडीमा विशेषरुपले पर्नेछ। ती खेलाडी हुन्, स्पेनका स्ट्राइकर डेभिड भिआ र नेदरल्याण्डस्का आक्रामक मिडफिल्डर वेस्ले स्नाइडर।
ती दुवै खेलाडी विश्वकपका ६ खेलमा समान ५ गोल गर्दे स्वर्ण बुटको दावेदार देखिएका छन्। सन् १९७४ र १९७८ मा गरि २ विश्वकपमा ७ गोल गरेका जोहनी रेप, यही विश्वकपमा ६ गोल गरेका रोब रेनसेनब्रिन्क, १९९४ र १९९८ को विश्वकपमा ६ गोल गरेका डेनिस बर्कयाम्पपछि सर्वाधिक गोल गर्ने खेलाडीमा नेदरल्याण्डस्का स्नाइडर पर्छन्। उनले १९७४ र १९७८ मा ५ गोल गरेका जोहान नेसकेन्सलाई बराबरी गरेका छन्।
यस्तै, स्पेनका डेभिड भिआ पनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीमा तेस्रो नम्बरमा आउछन्। स्पेनका पूर्व कप्तान राहुलले सन् १९९८, २००२ र २००६ गरि तीन विश्वकपमा ५ गोल गरेका थिए। यस्तै, इस्टानिस्लाओ बारोसाले १९५० मा पनि ५ गोल गरेका थिए। भिआ आफ्नो अघिल्लो पुस्ताको विश्वकपमा सर्वाधिक गोल गर्ने इतिहासलाई तोड्ने अभियानमा १ गोलले पछाडि छन्। (nagariknews)
Sunday, July 11, 2010
स्नाइडर र भिआबीच जुत्ताको प्रतिस्पर्धा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment