मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 4, 2010

१९ पटक कार्यवाहक प्रधानमन्त्री भएका राईको निधन

काठमाडौं, असार २० (नागरिक)- कङ्ग्रेसका वयोवृद्ध नेता बलबहादुर राईको अहिले ४ बजेर १० मिनेटमा निधन भएको छ। उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।

दुवै मिर्गौला, पिशाबलगायतका विभिन्न रोगबाट पीडित राई ८९ वर्षका थिए। प्रजातान्त्रिक आन्दोलनको सङ्घर्षमा निरन्तर लागेका राई बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पटकपटक मन्त्री हुनुका साथै २०४८ सालदेखि निरन्तर पार्टीको महासमिति सदस्य थिए। उनले १९ औं पटक कार्यबाहक प्रधान मन्त्रीको पद सम्हालिसकेका छन् भने कार्यबाहक सभामुख पनि भएका थिए।

0 comments: