काठमाडौं, असार २६ - प्रधानमन्त्री माधवकुमार नेपालले गत बिहीबार हत्या गरिएका ओखलढुङ्गाका एमाले नेता छविलाल कार्कीका हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेता कार्कीको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेपछि उनले दोषीलाई अविलम्ब कानुनको कठघरामा ल्याउने बताए।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कार्कीको हत्यालाई नियोजित भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरे।
सोही दलका उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता केपी ओली, प्रचारविभाग प्रमुख प्रदीप ज्ञवाली, गृहमन्त्री भीम रावल, अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायत एमालेका नेता तथा कार्यकर्ताले नेता कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि खुलामञ्चमा राखिएको थियो। रासस
Saturday, July 10, 2010
दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment