मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, July 9, 2010

विश्व कपको फाइनल दशरथ रङ्गशालामा देखाइने

मनोरञ्जनात्मक कार्यक्रम पनि-
काठमाडौँ, असार २४- दक्षिण अफ्रिकामा चालू १९ औँ विश्वकप फुटबल प्रतियोगिता-२०१० को अन्तिम खेल दशरथ रङ्शालामा देखाइने भएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र ग्रोथ सेलर्स कन्सलटेन्सी प्रालिले गुराँस लाइफ गोलान्जा नामाकरण रहेको उक्त कार्यक्रमको तयारी सकिएको जानकारी गराएका छन्।

नेपाली समयअनुसार २७ गते आइतबार मध्य रात १२.१५ बजेदेखि अफ्रिकामा सुरु हुने फाइनल प्रतिस्पर्धालाई विदेशबाट ल्याइएका छ वटा ठूलो पर्दामा देखाइनेछ।

गुराँस जीवन वीमा कम्पनीद्वारा प्रायोजित उक्त गोलान्जामा सहभागी हुन रु. ५०० र रु. ३०० को टिकट लाग्नेछ।

गोलान्जामा ब्याङ्कर्स एसोसिएसन र आर्थिक पत्रकारबीच सिक्स ए साइड फुटबल खेल, साङ्गितिक कार्यक्रम, फेस पेन्टिङका साथै फुड स्टलहरुसहित सहभागीले मनोरञ्जन लिन सक्नेछन्।

ग्रोथ सेलर्सका अध्यक्ष मोहन ओझाले करिब २५० सुरक्षाकर्मी खटाइने गोलान्जाको टिकट भाटभटेनीको नाङ्लो बेकरी क्याफेलगायत विभिन्न स्टेसनरी पसल तथा क्याफेमा किन्न सकिने बताए।

सङ्घका उपाध्यक्ष उपेन्द्रमान सिंहले नेपालमा फुटबल खेलप्रतिको आकर्षणलाई यस अभियानले थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
- रासस

0 comments: