भाषा शर्मा, बागलुङ असार २३ । राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अम्मर थापासहित १७ जनालाई अदालतले चार बर्षको कैद सजायँ सुनाएको छ । संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेस कार्यकर्तालाई कब्जामा लिई बन्धक बनाएको आरोपमा अदालतमा दायर मुद्दामा यस्तो फैसला आएको हो ।
जिल्ला अदालत बागलुङमा दायर गरिएको मुद्दामा न्यायाधीश रामेश्वरनाथ अमात्यको एकल ईजलासले यस्तो फैसला गरेको हो । संविधान सभा निर्वाचनको अघिल्लो दिन जिल्लाको तंग्राम गाविसको घटनालाई लिएर स्थानीय चन्द्रबहादुर थापाले दायर गरेको मुद्दामा अदालतले १७ जनालाई जनही ५० हजारका दरले ८ लाख ५० हजार रुपैयाँ क्षतिपुर्ती दिनुपर्ने समेत फैसला गरेको छ ।
अदालतले जिल्ला अध्यक्ष थापा सहित जनमोर्चाका तंग्रामका दुर्गाबहादुर थापा, तुलबहादुर थापा, घमल थापा, लक्ष्मण पुन, भिमबहादुर जुल्मी, गिरिजाप्रसाद पुन, धनप्रसाद पुन, जितबहादुर पुन, मोहन वि.क., हरि थापा, ओमबहादुर पुन, भिमबहादुर थापा र हरिबहादुर थापालाई कैद सजायँ सुनाएको हो । सो फैसला राजनैतिक पूर्वाग्रहका आधारमा गरिएको राजमोका जिल्ला अध्यक्ष अम्मर थापाले बताए । सरकारवादी मुद्दामा आँफुलाई कुनै जानकारी नगराई फैसला आएको थापाको दावी छ ।
Thursday, July 8, 2010
फैसला राजनैतिक पूर्वाग्रहका आधारमा गरियो-राजमोका जिल्ला अध्यक्ष थापा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment