मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 7, 2010

नयाँ सरकार बनाउन तीन दलले समय थप्न राष्ट्रपतिलाई आग्रह गर्ने

काठमाडौं‌, असार २३ (नागरिक) - तीन प्रमुख दल एनेकपा माओवादी, नेपाली कङ्ग्रेस र नेकपा एमालेले राष्ट्रिय सरकार बनाउन दिएको म्याद थप गर्न राष्ट्रपति समक्ष आग्रह गर्ने सहमति गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार लागि दिएको म्याद आज सकिँदैछ।

बुधबार बिहान सिंहदरबारमा बसेको तीन दलको वैठकले राष्ट्रपति समक्ष म्याद थपको आग्रह गर्ने सहमति भएको हो।वैठकमा तीन दलका वरिष्ठ नेताहरुको सहभागिता थियो। वैठकले आजै २:३० बजे संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ। यो छलफलले नयाँ सरकार बनाउने समयसीमा तोक्नेछ।

0 comments: