जोहानेसवर्ग, असार १७ गते । विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल शुक्रबारदेखि सुरु हुँदैछ । गतजेठ २८ गतेदेखि सुरु भएको विश्वकपमा यसबीच धेरै चर्चा गर्न लायक कुरा भएका छन् । जसमध्ये केही घटना ८० वर्षको विश्वकप फुटबलको इतिहासमा पहिलोपटक भएका छन ।
आयोजक दक्षिण अफ्रिकाले प्रतियोगिताको सुरुवातसँगै इतिहास बनाएको थियो । अफ्रिकी महादेशमा विश्वकप प्रतियोगिताको आयोजना भएको यो पहिलोपटक हो । यद्यपि दक्षिण अfri का समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि विश्वकपको नकआउट चरणमा पुग्न सकेन । सन् १९३० मा सुरु भएको विश्वकपको इतिहासमा आयोजक राष्ट्रले पहिलो चरण पार गर्न नसकेको यो पहिलोपटक हो ।
पहिलो खेलमा मेक्सिकोविरुद्ध अग्रता बनाएर पनि बराबरीमा रोकिएको दक्षिण अपि|mकाका लागि दोस्रो खेलमा उरुग्वेसँग पराजित हुनु नै दुर्भाग्य बन्यो । यद्यपि समूह चरणको अन्तिम खेलमा गत उपविजेता फ्रान्सलाई २-१ ले हराएर दक्षिण अफ्रिकाले घरेलु समर्थकलाई खुसी पार्न सफल भयो ।
यसैगरी दुई लाख मात्र जनसङ्ख्या भएको स्लोभेनियाका लागि विश्वकपमा चयन हुनु नै भावनात्मक रूपमा ठूलो उपलब्धि थियो । स्लोभेनियाको यो पहिलो विश्वकप भने होइन । सन् २००२ मा पनि स्लोभेनियाले विश्वलाई छक्क पार्दै विश्वकप खेलेको थियो तर स्लोभेनियाले अल्जेरियालाई हराएर विश्वकपमा पहिलो जित हासिल गर्यो । पछिल्लोपटक स्लोभेनियाले तीनवटै खेल हारेको थियो । यसपटक स्लोभेनिया नकआउट चरणको नजिक पनि थियो तर अमेरिकाले अतिरिक्त समयमा अल्जेरियाविरुद्ध गोल गरेपछि स्लोभेनिया नाटकीय तरिकाले पहिलो चरणबाट पाखा लाग्यो ।
सन् १९८२ पछि पहिलोपटक फुटबलको महाकुम्भमा खेल्दैगरेको न्युजिल्यान्डले पहिलोपटक अङ्क हासिल गर्न सफल भयो । न्युजिल्यान्ड यसपटक समूह चरणमा इटाली, स्लोभाकिया र पाराग्वेविरुद्ध खेल बराबरीमा सकेर अपराजित रही घर फर्केको थियो ।
न्युजिल्यान्डको समूहबाट गतविजेता इटालीलाई पहिलो चरणमा नै बिदा गर्ने स्लोभाकियाले दक्षिण अपि|mकामा ठूलो उपलब्धि हासिल गर्यो । पहिलो विश्वकप खेल्ने क्रममा नै स्लोभाकियाले समूह चरण पार गर्न सफल भएको थियो ।
क्वाटरफाइनलसम्म आइपुग्दा सबभन्दा चर्चाको विषय बन्यो, इटाली र प|mान्स पहिलो चरणबाट बिदाइ । विश्वकपमा गतविजेता र उपविजेता पहिलो चरणबाट बाहिरिएको यो पहिलोपटक हो । यसैगरी फुटबल पण्डितले इटालीलाई विश्वकप उपधि रक्षा गर्ने क्रममा रहेको यो सबभन्दा कमजोर टिमका रूपमा पनि व्याख्या गरेको छ । यद्यपि इटाली गतविजेता टिम समूह चरणबाटै पाखा लाग्ने पहिलो टिम भने होइन । सन् १९६६ मा ब्राजिल र सन् २००२ मा प|mान्स विश्वकप उपाधि रक्षा गर्ने क्रममा सुरुमै पाखा लागेका थिए ।
यसैगरी अमेरिका पहिलोपटक समूह विजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भयो । सन् १९२० मा अमेरिकाले पाराग्वे र बेल्जियमलाई समान ३-० ले हराएको थियो तर सो समय अमेरिकाले समूह चरणमा दुई खेलमात्र खेलेको थियो । एजेन्सी
Sunday, July 4, 2010
उन्नाइसौँ विश्वकपमा पहिलोपटक
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment