मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 3, 2010

माओवादीद्वारा सरकार बनाउने प्रयास तीव्र

राष्ट्रपतिद्बारा सहमतिको सरकार बनाउन एक हप्ते म्याद दिएको भोलिपल्ट प्रतिपक्षी माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत तीव्र पारेको छ।

माओवादी नेताहरुले आफ्नै नेतृत्वमा सरकार बनाउन भेटघाट शुरु गरेका छन्।
सरकार बनाउने विषयमा समर्थन जुटाउन शुक्रबार माओवादी नेताहरुले साना दलहरुसंग छलफल गरेका थिए।

माओवादीले आफ्ना प्रतिद्बन्दी नेपाली काँग्रेस र नेकपा एमालेसंग शनिबार छलफल गर्ने बताएको छ।

अडान

नयाँ सरकार आफ्नै नेतृत्वमा बन्नु पर्ने अडान तीन प्रमुख दलले लिंदै आएका छन्।

सकभर बहुमतको सरकार बन्न नहुने कुरामा अधिकांश नेताहरुले जोड दिइरहेका बेला माओवादीले ११ वटा साना दलका प्रतिनिधिलाई भेटी आफ्नो दललाई सहयोग गर्न आग्रह गरेको हो।

पार्टिका उपाध्यक्ष मोहन वैद्यले साना दलहरुले माओवादीलाई चाहिए जस्तै सहयोग गर्ने आश्वासन दिएको बताए।

“सबैको कुरा सकारात्मक थियो। हामीले विषयबस्तु राख्यौं। माओवादीले राम्रो तरिकाले पहल गरोस् भन्ने उहाँहरुको कुरा रह्यो,” उनले भने।

छलफलमा सहभागी साना दलमध्येको एक चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका महासचिव भूपिराज निरौलाले वैद्यकै कुरामा सही थापे।

उनले भने, “ठूलो दलको हैसियतले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्‍यो भनेदेखि समर्थन गर्नु पर्छ भन्ने सबै दलको एउटै स्वर रह्यो।”

साना दलहरुले हाम्रो पार्टीलाई चाहिए जस्तै सहयोग गर्ने आश्वासन दिएका छन्।
मोहन वैद्य, उपाध्यक्ष, एकीकृत नेकपा माओवादी
शर्त

सरकार निर्माणका लागि माओवादीले छलफल शुरु गरेको बेला सत्ता समीकरणमा महत्वपूर्ण भूमिका खेल्ने ठानिएका तराई केन्द्रित तीनवटा दलहरुले शुक्रबार छुट्टै छलफल गरेका थिए।

उक्त छलफल बाहिर प्रचार गरिए जस्तो सरकारको नेतृत्वको दावी गर्नका लागि नगरिएको ती दलका नेताहरुले बताए।

“कसैलाई समर्थन र कसैलाई विरोध गर्ने पक्षमा हामी छैनौं। जसको लागि सहमति जुट्छ तिनलाई अगाडी बढाउनुपर्छ भन्नेमा छौं,” मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने।

तर विभिन्न दलका नेताहरुले आ-आफ्नै शर्तहरु तेर्स्याई रहेका कारण राष्ट्रपतिले दिएकै समयमा सहमतिको सरकार बन्नेमा विश्लेषकहरुले शंका गरेका छन्।

0 comments: