१८ जेठ, काठमाण्डौ । चौतर्फी दवाव र विरोधपछि सरकारले जनआन्दोलन दबाउने तथा मानवअधिकार उल्लंघनको आरोप लगाइएका तत्कालिन शसस्त्र प्रहरीका एसएसपी दुर्जकुमार राई र एसपी कुवेरसिंह रानालाई दिइएको पदक फिर्ता लिइएको छ ।
विभूषण तथा पदक छनौट समितिको मंगलबार बसेको बैठकले क्षमा याचना गर्दै एसएपी राई र एसपी कुवेरसिंह रानालाई दिएको पदक फिर्ता लिने निर्णय गरेको हो ।
निर्णय फिर्ताका लागि समितिले मन्त्रिपरिषद्को बैठकलाई सिफारिस गरेको छ । जनआन्दोलनका दमनकारीलाई विभूषित गरिएको भनेर चौतर्फी विरोध तथा आलोचना भएपछि सरकार पछि हटेको हो ।
राई र रानालाई गणतन्त्र दिवसको अवसरमा पदक दिने घोषणा गरिएको थियो ।
विभूषण छनौट समितिमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार संयोजक, सदस्यहरुमा गृहमन्त्री भीम रावल, गृहसचिब गोविन्द कुसुम, पूर्व सचिब सोमनाथ पौडेल, पूर्वएआईजी गोविन्द थापालगायत रहेका छन् ।
यसैवीच गणतन्त्र दिवसको अवसरमा सरकारले विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरेको विभूणविरुद्ध सर्वोच्चमा मंगलबार रिट दायर भएको छ ।
इन्हुरेड इन्टरनेशनलका तर्फबाट उक्त विभूषणका प्रदान गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।
जनआन्दोलन २०६२/६३ लाई अपमान हुने गरी विभूषण प्रदान गरिएका भन्दै पूर्वसभामुख दमननाथ ढुङ्गानासहित नौ जनाले सरकारद्वारा प्रदान गरिएको विभूषण अस्वीकार गरेका छन् ।
पूर्वसभामुख दमननाथ ढुङ्गाना, मानवअधिकारकर्मीद्वय मद्मरत्न तुलाधर र सुबोधराज प्याकुरेल तथा डा. भरत प्रधानले प्रधानमन्त्री माधबकुमार नेपाललाई पत्र लेखी विभूषण अस्वीकार गरेका छन् । उनीहरुले जनआन्दोलन दवाउन भूमिका निर्वाह गरेका व्यक्तिलाई समेत विभूषण दिइएकामा असन्तुष्टि जनाएका छन् ।
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पत्रकारद्वय कनकमणि दीक्षित, युवराज घिमिरे, पूर्वनिर्वाचन आयुक्त वीरेन्द्रप्रसाद मिश्रले आइतबार विज्ञप्ति जारी गर्दै पदक अस्वीकार गरेका थिए ।
यस्तै सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई दिएका विभूषण उहाँकी छोरी उपप्रधानमन्त्री सुजाता कोइरालाले अस्वीकार गर्ने घोषणा गर्नुभएको छ । सुजाताले विभूषण प्रदान गर्ने निर्णय गर्दा कुनै छलफल नगरी राजनीतिकरण गरिएकोले आफूसमेत सहभागी सरकारले आफ्ना पितालाई दिएको राष्ट्रकै दोस्रो ठूलो सम्मान ‘राष्ट्र गौरव’ विभूषण अस्वीकार गर्ने बताउनु भएको हो ।
Tuesday, June 1, 2010
दुई प्रहरी अधिकृतको विभूषण खोसियो, सर्वोच्चमा रिट
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment