भत्ता खाएको सत्य होः सभासद पासवान
माधव ढुङ्गेल, (नागरिक) काठमाडौं, जेठ १८- दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले संविधानसभाको दुई वर्षे कार्यकालमा बुझेको १ लाख २० हजार ७ सय रुपैयाँ मंगलबार फिर्ता गरेका छन्। संविधान नलेखिएको अवस्थामा जनताको पसिनाबाट प्राप्त हुने भत्ता लिन उपयुक्त नहुने भन्दै उनले रकम फिर्ता गरेका हुन्।
सभासद पासवानले अन्य सभासदलाई समेत भत्ता फिर्ता गर्न आह्वान गरेका छन्। 'जनताले भत्ता खाएको भनी लाएको आरोप सत्य हो', भत्ता फिर्ताको कारण खुलाउँदै उनले भनेका छन्- 'संविधान नबनेपछि भत्ता लगायत जनताको पसिनाबाट आएको राजस्वमा रमाउन ठिक नभएकाले दुई वर्षको भत्ता बापत बुझेको रकम फिर्ता गर्दछु।'
उनले नेपाल राष्ट्र बैंक र एभरेष्ट बैंकमा रकम बुझाएको भौचर संसद सचिवालयमा बुझाएका छन्।
रकम फिर्ताको भौचर बुझाउन मंगलबार दिउँसो सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङ कहाँ पुगेका पासवानलाई नेम्वाङले आफूले भौचर बुझ्न नमिल्ने भन्दै संसद सचिवालयमा सम्पर्क गर्न भनेका थिए। त्यसपछि संसद सचिवालय पुगेका पासवानले संसद सचिवालयका सचिव कृष्णप्रसाद पाण्डे समक्ष भौचर बुझाए।
नयाँ संविधान लेख्ने काम समयमै पूरा नगरेकोमा संविधानसभा सदस्यको आलोचना भइरहेको बेला पासवानले भत्ता फिर्ता गरेका हुन्।
Tuesday, June 1, 2010
सभासदले फिर्ता गरे १ लाख २० हजार
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment