मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, June 1, 2010

प्रचण्डको सुरक्षाघरमा गोली चल्यो

१८ जेठ, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षाका लागि खटिएका जनसेनाले बोकेको बन्दुक पड्कींदा एक राउण्ड फायर भएको छ ।

‘घरबाट हतार हतार बाहिर निस्कदा भूलबस ‘एसएमजी’ बन्दुक भुईमा खसेर पड्किएको हो’-प्रचण्ड पुत्र प्रकाश दाहालले अनलाइनखबरसंग भने- ‘एक गोली लागेर भित्तामा प्वाल परेको छ, अन्य कुनै क्षति भएन् ।’

प्रचण्डको सुरक्षाका लागि खटिएका जनसेना बस्ने प्रचण्ड निवास छेवैको घरमा बन्दुक पड्किएको हो । घरको ग्राउण्ड फ्लोरमाको भित्तामा एक गोली लागेको उनले बताए । प्रचण्डको सवारीका लागि जनसेना हतार हतार बाहिर निस्कनलाग्दा सो घटना भएको भन्दै उनले मानवीय त्रुटीका कारणमात्र यस्तो भएको बताए । घटना अपरान्ह दुईबजेतिर भएको बताइएपनि सो बन्दुक बोक्ने जनसेनाको नाम भने खुलाइएको छैन् ।
(अनलाइनखबर)

0 comments: