मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, April 21, 2010

तीन दललाई तीन फिट लामो कलम उपहार

८ बैशाख, काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघले नयाँ संविधान लेखनमा उर्जा मिलोस् भन्दै प्रमुख तीन दललाई बाँसको तीन फिटको ऐतिहासिक र आकर्षक कलम उपहार प्रदान गरेको छ ।


यस अघि महासंघले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गलाई पनि ज्ञापनपत्र बुझाइ यस्तै कलम उपहार दिएको थियो ।

२५ वटै राजनीतिक दललाई बुधबार ज्ञापनपत्र बुझाउने क्रममा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेलाई ऐतिहासिक र आकर्षक कलम उपहार उपलब्ध गराएको महासंघका अध्यक्ष राजकुमार लेखी थारुले जानकारी दिनुभयो ।

महासंघको नेतृत्व टोलीले २५ वटै राजनीतिक दलको संसदीय दलको कार्यालयमा गई संविधान निर्माणमा देखिएको गतिरोध हटाउन अपिल गरेको ज्ञापन पत्र बुझाएको हो । निर्धारित समयमा संविधान बनाउन नसकिएको अवस्थामा संविधानसभाको म्याद थप्न महासंघले दुईटा शर्त पनि महासंघले अघि सारेको छ ।

महासंघले १४ जेठभित्र संविधानको प्रारम्भिक मस्यौदा तयार गरी जनताको घरघरमा पुर्‍याउनुपर्ने शर्त राखेको छ । यसैगरी थपिएको म्यादभित्र संविधान निर्माण गर्ने र पुनः म्याद नथप्ने प्रतिवद्धता गरिनुपर्ने शर्त पनि महाससंघले राखेको छ ।

महासंघले बैशाख २ गतेदेखि थालेको संविधान निर्माणका लागि एक महिने खबरदारी अभियान संचालन गरिरहेको छ । सोही क्रममा ज्ञापन पत्र दिइएको हो ।
(अनलाइनखबरबाट)

0 comments: