मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 18, 2010

दाहाललगायत् माओवादी नेताहरुलाई पत्रकारहरु प्रशिक्षण दिँदै

उजीर मगर, काठमाडौं, वैशाख ५- अहिले माओवादी मुख्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका केन्द्रीय नेताहरु पत्रकारको प्रशिक्षण सुनिरहेका छन्। बाबुराम भट्टराईसहितका नेता र राज्य समितिका इन्चार्जहरु सम्मिलित उक्त प्रशिक्षणमा माओवादी नजिकका समेत पत्रकार प्रशिक्षकका रुपमा सहभागी छन्।

यसरी माओवादी नेताहरुलाई प्रशिक्षण दिनेमा तीर्थ कोइराला, कृष्ण ज्वाला देवकोटा, रघु मैनाली, प्रशान्त झा, सुधीर शर्मा र आफू रहेको महासंघ उपाध्यक्ष गोविन्द आचार्यले बताए। तर, शर्माले भने आफू कार्यक्रमबारे जानकार नभएको र त्यहाँ उपस्थित नरहेको बताएका छन्।

-(नागरिकन्यूजबाट)


0 comments: