मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 18, 2010

'संविधानसभाको म्याद ६ महिना थप्ने सहमति'

अमृता अनमोल
काठमाडौ, वैशाख ५ - संविधान बनाउने समय नजिकिँदै गर्दा सरकारका एक बरिष्ठ मन्त्रीले संविधानसभाको म्याद थप्ने सहमति भएको खुलासा गरेका छन् । सिँचाइ मन्त्री बालकृष्ण खाँणले संविधानसभाको म्याद ६ महिना थप्न दलहरुबीच धेरै पहिले सहमति भएको खुलासा गरे ।

'गिरिजाबाबु जीवित छँदै कोइराला निवास महाराजगञ्जमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान जारी गर्ने ६ महिना म्याद थप्ने सहमति गरेको थियो,' खाँणले भने । संयन्त्र सदस्य एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि सो कुरामा सहमत भएको उनको दाबी छ ।

अहिले संमयमा संविधान बन्छ भन्नु जनतासामु मुख खोल्न डराउनु मात्र मात्र भएको मन्त्री खाँणको टिप्पणी छ । उनले शान्ति प्रक्रियादेखि संविधान निर्माण सबैमा माओवादी बाधक रहेको बताउँदै अब पनि माओवादी सहमतिमा नआए अर्को संविधान सभाको निर्वाचन गर्नुको विकल्प नरहेको बताए ।

0 comments: