बिहिवार, १५ अप्रिल, दुबई । स्वदेशको अन्योलमय अवस्था अनि बढ्दो बेराजगारीको कारण सामान्य जीवनयापनमा समेत कष्टकर बन्दै गएपछि आज बिदेशमा पलायन हुने नेपाली युवाहरुको संख्या बढ्दो छ । यसरी पलायन हुनेहरुकै हुलमुलमा बिदेशिएका पन्चकुले-३ दाङ घर भएका टोपेन्द्रबहादुर थापा सारजाहा एयरपोर्टमा बिगत हप्तौंदेखि बिचल्ली परेका छन् ।
अफिसभित्रको काम र ५०० डलर मासिक तलब पाउने प्रलोभनमा परेका थापाले पैसा बुझाउँदा बिश्वासको भरमा कुनैपनि कागजात नगरेको बताउँछन् । एक हप्तादेखि नेपालबाट आउँदा झोलामा हालेका २३ पोका चाउचाउ र पानी खाएर बसिरहेका थापा सारजाहा ट्रान्जिट पारेर आउने नेपालीहरुले दिएको केही खानेकुराहरु खाएर बाँची रहेको बताए । नेपालमा रहेका अर्जुन हमालसँग सम्पर्क भएको र स्वदेश फर्कनको लागि टिकट पठाइदिने आश्वासन फोनबाट दिएका भए पनि पछिल्लो केही समय यताबाट सम्पर्क समेत हुन नसकेको गुनासो गरे ।
-->ईखालु रमेश गेलाल


0 comments:
Post a Comment