मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, April 20, 2010

निजी विद्यालयको लेखा शाखामा आज पनि तालावन्दी

७ बैशाख, काठमाण्डौ । निजी विद्यालयले गरेको शुल्क बृद्धिको विरोधमा एकीकृत नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले मंगलबार दोस्रो दिन पनि देशभरका निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गरेको छ ।

क्रान्तिकारीले निजी विद्यालयले गरेको २५ प्रतिशत शुल्क बृद्धि फिर्ता नभएसम्म ताला नखोलिने चेतावनी दिएको छ । उसले निजी विद्यालयलाई राष्ट्रियकरण गर्नुपर्ने लगायतका माग पनि अघि सारेको छ । 

शुल्क फिर्ता लिन गरेको आफूहरुको आग्रहलाई वेवास्ता गरेका कारण बाध्य भएर लेखा शाखामा तालावन्दी गर्नुपरेको क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । क्रान्तीकारीले बैशाख ४ गतेसम्म शुल्क वृद्धि फिर्ता लिन निजी विद्यालयहरुलाई अल्टिमेटम दिएको थियो ।

अनलाईनखबरसंग कुरा गर्दै न्यौपानले बैशाख १२ गतेसम्ममा पनि आफूहरुको माग पूरा नभए देशव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिनुभयो ।

न्यौपानेका अनुसार निजी विद्यालयले शुल्क वृद्धि फिर्ता नलिए बैशाख ७, ८ र ९ गते निजी विद्यालयमा गई विद्यार्थी र अभिभावकलाई वृद्धि गरिएको शुल्क नतिर्न आग्रह गरिने छ ।

यसैबीच, निजी तथा आवासीय विद्यालयय अर्गाइजेसन (प्याब्सन) ले भने शुल्क बृद्धि बाध्यात्मक भएको भन्दै विरोधको औचित्य नभएको बताएका छन् ।
(अनलाइनखबरबाट)

0 comments: