अमर खड्का, इटहरी, वैशाख ८- युवाको एक समूहले इटहरीमा माइत आएकी एक नवविवाहित महिलालाई निर्घात कुटपिट गरेका छन्। आफूलाई जिस्क्याइरहेका केटाहरुलाई नजिस्क्याउन भन्दा इटहरी–४ स्थित माइतीमा २२ वर्षीया सपना राईलाई पाँच जनाको युवा समूहले कुटपिट गरेको हो। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
गए राति ८ बजेतिर सपनाको घरभित्रै प्रवेश गरी उनीहरुले कुटपिट गरेका हुन्। कुटपिटबाट उनी सिकिस्त घाइते भएपछि अस्पताल लगिएको थियो।
माइत आउने क्रममा बाटोमा युवाहरुले जिस्क्याएपछि उनले गाली गरेकी थिइन्। त्यहीकारण उनीहरुले कुटपिट गरेका थिए। उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ।
कुटपिट गर्ने इटहरी–५ का गणेशबहादुर तामाङ र कपिल बराललाई इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ। प्रहरी निरीक्षक श्यामल सुब्बाका अनुसार कुटपिट गर्ने अन्य तीन युवा फरार रहेकोले खोजी भइरहेको छ।
Wednesday, April 21, 2010
नजिस्क्याउनभन्दा युवतीमाथि सामूहिक कुटपिट
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment