काशीराम डाँगी रोल्पा, वैशाख ८ - बुधबार बिहानबाट पश्चिमी रोल्पाको गैरीगाउँमा लागेको आगलागि अझै नियन्त्रणमा आउन सकेको छैन । गैरीगाउँ गाविस वडा न.ं ७ नाङ्गा गाउबाट लागेको आगलागीबाट बेलुकीसम्म ४७ घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीबाट करोडौको सम्पति नष्ट भएको छ । राति अबेरसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
स्थानीय युवा कुलप्रसाद बुढाका अनुसार आगोको लफका गाउमा पसेका कारण गाउलेहरु विचल्लीमा परेका छन् । आगो विहान स्थानी बच्चापाइले सामुदायिक वनबाट सुरु भएको थियो । स्थानीय यामप्रसाद बुढाको घरबाट आगलागी गाउ पसेको हो । बच्चापाइले सामुदायिक वनबाट अर्को मुरुले वनमा पनि आगो फैलिएको छ । घरहरुमा आगो लागेपछि गाउलेहरु विचल्लीमा परेका छन् । गाउलेहरुले आफ्नो सम्पति नष्ट भएकाले राहातको माग गरेका छन् ।
आगो मध्यान्हतिर नाङ्गा गाउ पस्दा १९ घर तथा १९ वटा गोठ हेर्दा हेर्दै जलेर नष्ट भएका थिए । ढोरेनीमा ४, दिगुगाउमा ५ गरी ९ घर जलेका हुन् । हावाहुरी बढी भएकाले आगो नियन्त्रणमा लिन धौ धौ भएको स्थानीय युवा मिलन पुनले बताए । आगालागीको कारण भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । गाउ पुरै धुवाले ढाकेकाले उद्धारकर्ताहरु अफठेरोमा परेका छन् । गैरीगाउ सदरमुकाम लिबाङबाट करिब १८ कोस टाढा पर्छ । क्षति को यकिन विवरण विहीबारसम्म आउने प्रहरीले जनाएको छ । आगलागी स्थलमा सहयोगका लागि नुवागाउस्थित प्रहरी चौकीबाट आधा दर्जन प्रहरी आएको छ । यस्तै नजिकै रहेको मओवादी लडाकुको टिला शिविरबाट करिब डेट सय जनसेना पनि खटिएका छन् । आगलगीका कारण घरमा रहेका बंगुर, बाख्रा, कुखुरा लगायतका जनावरहरु गरी दुई दर्जन बढी समेत जलेको प्रहरीले बताएको छ । स्रोतका अनुसार केही मानवीय क्षति समेत भएको आशंका गरिएका छ ।
आगो गैरीगाउ ९ को ढोरेनी, ७ को रानागाउमा पनि फैलिएको छ । ढोरनी गाउमा गाउलेहरु भयभित भएका छन् । राति भएकाले पनि आगो नियन्त्रणमा लिन मुस्किल भएको छ । कालो धुवाको मुस्लोले ढाकेको हुदा उद्धारकर्ताहरु गाउमा पुग्न सकेका छैनन् । गैरीगाउमा लागेको आगलागीबाट अझै दर्जनौ घरहरु खतरामा परेको प्रहरी नायव उपरीक्षक कृष्णप्यारा खरेलले बताए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद वास्तोलाले आगो नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।
यसैबीच बुधबार बेलुकी कुरेली ७ र ८ मा पर्ने छोटेभीरमा पनि आगलागी भएको छ । बेलुकी पौने पाच बजेबाट लागेको आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगो गाउ नजिकै लागेको छ । आगलागि नियन्त्रणका लागि गाउलेहरुले प्रयास गरिरहेको स्थानीय युवा राजकुमार बुढामगरले जनाएका छन् ।(ekantipur.com)
Thursday, April 22, 2010
आगलागीबाट ४७ घर नष्ट, करोडौको क्षति
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment