काठमाडौं, वैशाख ८ (नागरिक)- उच्चस्तरीय राजनीतिक संयन्त्रले विवादित विषयहरुको टुङ्गो लोकतन्त्र दिवसका दिन (वैशाख ११) लगाउने भएको छ। आज बसेको संयन्त्र बैठकले खासगरी पूर्वनिर्धारित ६ वटा विषयमा त्यही दिन टुङ्गो लगाउने निर्णय गरेको हो।
राज्य पुनर्संरचना आयोग गठन, वाइसिएलको अर्धसैनिक संरचना विघटन, कब्जा सम्पत्ति फिर्ता, राष्ट्रिय सरकार गठन जस्ता विषयमा सामान्य छलफल भए पनि ती विषयमा शनिबार बस्ने बैठकले छिनोफानो लगाउने निर्णय भएको जानकारी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिए।
अब संविधान बनाइसक्नुपर्ने समय नजिक आइसकेकाले चाँडै यी विषयमा टुङ्गो लगाउनुपर्ने भएको र वैशाख ११ को बैठकमा सबै विषयमा टुङ्गो लगाइने सहमति भएको उनले जनाए।
उनका अनुसार सबै समस्याको निकास प्याकेजमै खोज्नेबारे छलफल भएको छ। बिहान ८ बजे बस्ने संयन्त्र बैठकले सबै विवादित विषयलाई छिनोफानो गर्ने सहभागी अन्य नेताले जानकारी दिए।
बैठकमा माओवादी, कङ्ग्रेस र एमाले तीनै दलका उच्चस्तरीय नेता सहभागी थिए।
Wednesday, April 21, 2010
संयन्त्रले विवादित विषयको टुङ्गो लोकतन्त्र दिवसका दिन लगाउने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment