मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 11, 2010

''हाम्रो चाहना'' रेडियो कार्यक्रमबारे जानकारी

नव वर्षको हार्दिक मंगलमय शुभकामना !!!
"हाम्रो चाहना" रेडियो कार्यक्रमको आठौ श्रृंखला नयाँ वर्ष विशेषांक सुन्नुहोला, सुनाउनुहोला !!!
विश्वभर लाखौ नेपालीहरु "हाम्रो चाहना" रेडियो कार्यक्रम सुन्नुहुन्छ l यहाँ सबै अंकहरु सुन्न  र कार्यक्रमबारे जानकारी लिन सक्नुहुन्छ ..... एउटा प्रवासी नेपालीको स्वयंसेवी प्रयासमा - रेडियो कार्यक्रम "हाम्रो चाहना" l सात समुन्द्रपारिबाट मातृभूमिको भलाइ र उन्नतिको चाहना, तपाइको पनि कार्यक्रम हो नि हैन र ? ..... कार्यक्रममा तपाइको चाहना पनि राख्न सक्नुहुन्छ, लेख, रचना र विचारहरू पठाउन सक्नुहुन्छ l
तल क्लिक गरेर "हाम्रो चाहना" सुन्न सक्नुहुनेछ :-
    आठौ श्रृंखला : सातौ श्रृंखला : छैठौ श्रृंखला : पाँचौ श्रृंखला : चौथो श्रृंखला : तेश्रो श्रृंखला : दोश्रो श्रृंखला : पहिलो श्रृंखला : --> कार्यक्रम सुन्नुभएपछि सल्लाहसुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला ! प्रतिक्रिया लेख्दा आफ्नो नेपाल र प्रवासको ठेगाना लेख्नुभयो भने कार्यक्रममा समावेश गरिनेछ l --> यहाँको वेबसाइटमा कार्यक्रमको लिंक राख्न चाहनुहुन्छ भने कृपया एकचोटी ymcbgl@yahoo.com मा छलफलपछि मात्र राख्न सक्नुहुनेछ l ----------------------------------------------------------------------------- "हाम्रो चाहना" बारे जानकारी l "हाम्रो चाहना" देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो l यो कार्यक्रम डुसेल्डोर्फ, जर्मनीबाट योगेन्द्रमिलन छन्त्यालले सञ्चालन गर्नुहुन्छ l यस कार्यक्रममा सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहनाहरु बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ यसमा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l लोकतन्त्र र जनजीविकाका सवालमाथि छलफल चलाउंदै कार्यक्रमले राष्ट्रियता, अग्राधिकार, दीगो शान्ति र चरणवद्ध विकासका लागि सचेत र सामेल हुन निरन्तर अनुरोध गर्दछ l
    नेपालको सेरोफेरोमा रहेर तयार गरिने यो साप्ताहिक कार्यक्रम "हाम्रो चाहना" हाल अनलाइन रेडियो टाइटन टोरोन्टो, क्यानाडाबाट हरेक बिहीबार साँझ ७.३० देखि ८.३० बजेसम्म र सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुङ, नेपालबाट हरेक शनिबार बेलुकी ६.३० देखि ७.३० बजेसम्म प्रशारण हुन्छ l यहाँले यहाँ क्लिक गरेर ---> ''हाम्रो चाहना'' रेडियो कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुन्छ l यदि यहांले पनि आफ्नो चाहना यो कार्यक्रममा समावेश गराउन चाहनुहुन्छ भने हामीलाई ईमेल गर्नुहुन अनुरोध छ l हाम्रो ईमेल रहेको छ :- mailto:hamrochahana@gmail.com-->रेडियो टाइटन टोरोन्टो, क्यानाडाको वेबसाइटका लागि तयार गरिएको l (15-02-10) ----------------------------------------------------------------------------- "हाम्रो चाहना" अब सयपत्री एफ.एम.मा पनि...
    आज मैले बागलुंगका एकजना एकदमै सक्रिय युवा (चाहे साहित्य क्षेत्र होस, चाहे पत्रकारिता क्षेत्रमा होस चाहे अन्यायको विरुद्ध पछाडि पारिएकाहरुको पक्षमा आवाज उठाउन होस) मित्र प्रकटकुमार शिशिरसंग आधा घण्टा जति कुरा गरे l उहाँ अत्यन्त सहयोगी र मिलनसार l आजको छलफलबाट अनलाइन रेडियो टाइटनबाट प्रशारण भइरहेको "हाम्रो चाहना" रेडियो कार्यक्रम सयपत्री एफ.एम. ९१.६ मेघाहर्ज बागलुङबाट पनि हरेक शनिबार साँझ ६.३० बाट ७.३० बजेसम्म प्रशारण गर्ने सहमति भएको छ l धौलागिरी आसपासका १७ जिल्लाका स्रोताहरुसंग पनि छलफल गर्न पाइने भइयो अब फेरि ! सयपत्री एफ.एम. र प्रकटजीलाई धेरै धेरै धन्यवाद !!   (05 Feb,10)
    ----------------------------------------------------------------------------- म फेरि रेडियोमा..................
     नेपालमा छँदा बागलुङ एफ.एम. बाट "संविधानसभा र मानवअधिकार" रेडियो कार्यक्रम संचालन गर्दथे l कार्यक्रमका हरेक अंकहरु वेबसाइट राखिन्थ्यो र स्क्रिप्ट संसारभरका करिब ८ हजार नेपालीहरुको इमेलमा पठाउने गरिन्थ्यो l जुन कामले मलाई अन्तर्राष्ट्रियस्तरमा चिनिन मद्दत पुगेको थियो l नेपाल छोडेर यूरोपमा आएको १३ महिना भैसक्यो l रेडियो कार्यक्रम नचलाएको पनि त्यत्ति नै भयो l मेरो इमेल इन्बक्समा अझै पनि थुप्रै साथीहरुले रेडियो कार्यक्रमको निरन्तरताकाबारेमा राखेका जिज्ञाशा र सुझावहरु छन् l
    तपाईहरुको हृदय पगाल्ने ती प्रशंसा, सुझाव र प्रतिक्रियाको भोको रहनुपर्‍यो म यत्रो लामो समय l मलाई क्षमा दिनु नै हुनेछ - यसका लागि l तर म फेरि एउटा अनलाइन रेडियोबाट तपाईहरुसंग प्रस्तुत हुँदैछु नि ! कार्यक्रमको नामपनि जुर्‍याइसक्या छैन l म यो सातामा जसरी पनि एउटा अङ्क प्रशारण गर्ने जमर्कोमा छु l जनजातिको छोरो पन्डित्याइमा लाग्याछु के राख्दा राम्रो होला कार्यक्रमको नाम ? अनि सुन्नुहुन्छ तपाई रेडियो टाइटन ? यो अनलाइन रेडियो हो http://www.nepali.radiotitan.com/ ट्यून गर्दै रहनुहोला ल ! (6 Jan, 10) ----------------------------------------------------------------------------- रेडियो टाइटनको वेभसाइटमा पृष्ठभूमिबारे : योगेन्द्र मिलन छन्त्याल, पत्रकार (जर्मनी)
    सन् १९७७ सेप्टेम्वर २९ तारिखका दिन बागलुङमा जन्मेका योगेन्द्रमिलन छन्त्यालले प्राथमिक शिक्षा मंगला प्रा. वि. बोंगाखानी र माध्यमिक तहको शिक्षा जनजागृति मा. वि. बोंगादोभानबाट लिएका हुन्। उनको उच्च शिक्षा पाटन संयुक्त र सरस्वती बहुमुखी क्याम्पस काठमाण्डौ र पी.एन.क्याम्पस पोखरामा सम्पन्न भएको हो ।
    राजनीतिशास्त्रमा स्नातक र समाजशास्त्रमा एकवर्षे वि.एड. गरेका छन्त्याल आफ्नै गाउँको मा.वि.मा अध्यापन गर्दागर्दै पत्रकारिता क्षेत्रप्रति आकर्षित भइ २०५८ सालमा सो पेशा छोडेर छिमेकी जिल्ला म्याग्दीमा गएर पत्रकारितामा प्रवेश गरे । अनुभव संगसंगै उनले हिमालय टाइम्स दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक र स्थानीय साप्ताहिक पत्रिकाहरुमा निरन्तर रिपोर्टिंग र रचनाहरु छपाउदै आए l जनान्दोलन २ पछि नेपालमा एफएमहरु खुल्ने क्रममा उनले बागलुंग एफएममा काम गर्न शुरु गरे ।
    धौलागिरीका मानवअधिकारको क्षेत्रमा समेत चर्चित छन्त्यालले २०६३ मा संचालन गरेको नेपाली रेडियो कार्यक्रम ''संविधानसभा र मानवअधिकार'' को हरेक अंक वेबसाइटमा राख्ने र स्क्रिप्ट संसारभरका नेपालीहरुका इमेलमा पठाउने गरेपछि उनी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित बने । अवसरबाट वन्चित बनाइकाहरुका पक्षमा सधै वकालत गर्ने छन्त्यालको तालिम सहजीकरण र मानवाधिकारको क्षेत्रमा समेत लामो अनुभव रहेको छ । उनी २०६५ को मध्येतिर जर्मनी आएका थिए । ----------------------------------------------------------------------------- ''हाम्रो चाहना'' रेडियो कार्यक्रम यी वेबसाइटहरुहरुमा रहेको लिंकबाट पनि सुन्न सकिन्छ : --> पीपलबोट डट कम                            --> नेपाल अष्ट्रेलिया न्यूज --> नेपाल जर्मन न्यूज                             --> छन्त्याल संघ यू.के. 

3 comments:

Unknown said...

Yogendra Milan Ji, Congratulations for your steady progress and best of luck for your bright future. I really proud of you. Keep going. I am very happy to be your fan. Thanks

Anonymous said...

Well done. Very nice blog for News.

Anonymous said...

wahhhhhh milan g at 1st i would like to say congratulation for geart job.really its great m not only all nepalese are proud of u.milan g wish u all the best.