मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, April 21, 2010

भारतीय सीमा सुरक्षा बलद्वारा तीन वाइसिएल पक्राउ

'रिहा नगरिए भीषण आन्दोलन'-
काठमाडौं, वैशाख ८ (नागरिक)- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तीन वाइसिएल कार्यकर्तालाई धनुषाको दुवही मैनाथपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवेन्द्र यादव, बेचन दास र जोगीन्दर सहनी छन्। उनीहरु वाइसिएलको घरदैलो अभियानअन्तर्गत गएका बेला पक्राउ गरिएको वाइसिएलले विज्ञप्तिमार्फत् जनाएको छ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाललाई लिएर अहोरात्र सङ्घर्ष गरिरहेको योङ कम्युनिस्ट लिग, नेपाल वर्तमान राजनीतिक गतिरोधको सहज र शान्तिपूर्ण निकासका लागि समयमा नै जनसंविधान र राष्ट्रिय स्वाधीनता तथा नागरिक सर्वोच्चतासहित माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको स्थापनार्थ सङ्घर्षमा छौं भन्दै विज्ञप्तिमा वाइसिएलले यतिबेला जनताको शान्ति, संविधान, स्वाधीनता र समृद्धिको चाहना पूरा गर्न सङ्गठन घरदैलो, जनभेटघाट र राष्ट्रिय जागरणका कार्यक्रममा जुटिरहेको पनि बताएको छ।

वाइसिएलको यो अभियानबाट आतङ्कित भएर देशी विदशी प्रतिकृयावादी, पुनरुत्थानवादी तथा विदेशी साम्राज्यवादी विस्तारवादी शक्तिहरु हामीमाथि बर्बर हमलामा उत्रेका छन् भन्दै कतै हत्या आतङ्क अपरहरण र झुटा मुद्दा लगाउने त कतै कहीँ नभएको बखेडा सिर्जना गरी सङ्गठनलाई बदनाम गर्ने काम गरिरहेका दाबी पनि उसले गरेको छ।

यसै सिलसिलामा वैशाख ८ गते धनुषा जिल्ला दुवही मैनाथपुरमा वाइसिएलको घरदैलो अभियानअन्तर्गत गएका वाइसिएलका सदस्यहरु देवेन्द्र यादव, बेचन दास र जोगीन्दर सहनीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डकैत शैलीमा गिरफ्तार गरेको पनि उसले जनाएको छ। वाइसिएलमाथिको गिरफ्तारी र आक्रमण मात्रै नभई राष्ट्रिय स्वाधीनता र नेपाली जनतामाथिको नाङ्गो हस्तक्षेप र आक्रमण हो भन्दै विज्ञप्तिमा भनिएको छ- तसर्थ राष्ट्रिय स्वाधीनताका लागि आन्दोलित हुन सम्पूर्ण न्यायप्रेमी देशभक्त जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

'साथै गिरफ्तार साथीहरुलाई तत्काल रिहा गर्न सम्वन्धित सबै पक्षसँग जोडदार माग गर्दछौं। यदि रिहा नगरिएमा वाइसिएल नेपाल राष्ट्रिय स्वाधीनताका लागि भीषण आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुनेछ। यसबाट उत्पन्न हुने सम्पूर्ण परिणाम स्वयम् वर्तमान कठपुतली सरकार नै हुनेछ'- विज्ञप्तिमा भनिएको छ ।

0 comments: