काठमाडौं, वैशाख ६ - नेपाली सेनाले सोमबार खुलाएको सैन्य भर्ना प्रक्रिया शान्ति सम्झौताविपरीत भन्दै खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
इन्हूरेडका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीसहित पाँच जनाले सैन्य भर्ना प्रक्रिया खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा सरकार, रक्षामन्त्री र नेपाली सेनालाई विपक्षी बनाइएको छ । रिटमा उत्प्रेषण आदेश जारी गर्न माग गरिएको छ ।
नयाँ भर्नाबारे विवाद भइरहेको बेला नेपाली सेनाले सोमबार विभिन्न प्राविधिक पदको लागि सरकारी दैनिक गोरखापत्रमा भर्ना आव्हान गरेको छ । बृहत शान्ति सम्झौता विपरीत हुने भन्दै माओवादीले सैन्य भर्ना प्रकृयाको विरोध गरिरहेको बेला नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालयले २ सय ७१ पदमा खुल्ला प्रतिष्पर्धाद्वारा भर्ना आव्हान गरेको हो ।
०६५ सालमा पनि नेपाली सेनाले २ हजार ८ सय पदका लागि भर्ना खोलेपछि उत्पन्न विवादका कारण माओवादीले सरकार समेत छाड्नुपरेको थियो । त्यसबेला पनि सर्वोच्चमा रिट परेपछि सर्वोच्चले भर्ना प्रक्रिया रोक्न नेपाली सेनालाई अन्तरिम आदेश थिएको थियो ।
(कान्तिपुरबाट)
Monday, April 19, 2010
सैन्य भर्ना रोक्न सर्वोच्चमा रिट
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment