काठमाडौं , वैशाख ८ - विद्यार्थी नेता नैनसिंह महरलाई 'कन्सट्रक्टिभ स्टुडेन्ट लिडर अवार्ड-२०१०' प्रदान गरिने भएको छ । बेलायतको केन्टस्थित ग्लोबल नेपाली स्टुडेन्ट काउन्सिल (जिएनएससी)ले प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशि २ लाख १५ हजार रहेको छ । नेता महर नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष हुन् । उनले 'शिक्षामा चुनौतीहरू' नामक साढे चार सय पृष्ठको पुस्तक सम्पादन गरेका छन् । उक्त पुस्तक सम्पादन गरेवापत महरलाई पुरस्कारका निम्ति छनोट गरिएको काउन्सिलका अध्यक्ष प्रो.खगेन्द्रराज ढकालले विज्ञप्तिमा जनाएका छन् । पुरस्कार आउँदो अक्टोरमा काउन्सिलको चौथो वाषिर्कोत्सवमा प्रदान गरिनेछ । (ekantipur.com)


0 comments:
Post a Comment