मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, April 22, 2010

भन्सारका खरिदारलाई एक वर्ष कैदसहित ७६ लाख जरिवाना

काठमाडौं, वैशाख ९ (नागरिक)- विशेष अदालतले तातोपानी भन्सार कार्यालयका खरिदार भरतप्रसाद घिमिरेको ७६ लाख ४६ हजार रुपैयाँ बराबरको सम्पत्ति स्रोत नखुलेको ठहर गर्दै सो रकम जफत र त्यति नै जरिवानासहित एक वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार त्यस्तो फैसला सुनाएको हो।

घिमिरेविरुद्ध ०५९ साल मङ्सिर २५ गते अदालतमा गैर कानुनी रुपले अकूत सम्पत्ति आर्जन गरेको मुद्दा दर्ता भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा एक करोड ८० लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरिएको थियो। त्यसमध्ये एक करोड चार लाखको स्रोत खुलेको थिएन।

अदालतले सो रकमका लागि काठमाडौं बिजुलीबजारस्थित घिमिरे पत्नीका नाममा भएको घर, घरमा भएको २० लाख रुपैयाँ, तीन सय ४१ ग्राम सुनको बिस्कुट र १४ थान घडी जफत गर्ने फैसला गरेको छ। ०५९ साल साउन मसान्तमा भन्सार कार्यालयका २२ जना कर्मचारीको घरमा छापा मारेको थियो। तीमध्ये केहीको मुद्दा अहिले सर्वोच्चमा पुगेको छ भने केहीको फैसला हुन बाँकी छ ।

0 comments: