छविलाल तिवारी, पर्वत, वैशाख ८- पर्वतका सम्पूर्ण शिक्षण संस्था अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आज बन्द गराएको छ। पृथ्वीनारायण क्याम्पस पोखराका इकाई अध्यक्ष दिनेश पौडेललाई प्रहरीले गिरफतार गरेको भन्दै अखिल क्रान्तिकारी पर्वतले उनको रिहाइको माग गर्दै आज जिल्लाका सम्पूर्ण शिक्षण संस्था बन्दको आह्वान गरेको हो।
विद्यार्थी नेता पक्राउ गरेको विरोधमा तमुवान राज्य समिति अन्तर्गतका पर्वत, कास्की, स्याङजा, तनहु, लम्जुङ, गोरखा, मनाङ र मुस्ताङ गरी आठ जिल्लाका शिक्षण संस्थामा बन्द आह्वान गर्ने तमुवान राज्यसमितिको निर्णय अनुसार पर्वतका शिक्षणसंस्थामा पनि बन्द आब्हान गरिएको अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष बिदुर नेपालीले बताए।
बन्दका कारण आज जिल्लाका बिहानी सत्रमा सञ्चालन हुने क्याम्पस बन्द रहे। अन्य निजी तथा सामुदायिक विद्यालयसमेत बन्द हुने भएका छन। 'बन्द भनेपछि सुरक्षाको हिसाबले पनि बन्द गर्नु नै पर्ने भयो' प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेलले भने-'क्षति ब्यहोर्नु भन्दा विद्यालय नखोल्नु नै राम्रो।'
Wednesday, April 21, 2010
क्रान्तिकारीले पर्वतका सबै शिक्षण संस्था बन्द गराए
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment