मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, April 20, 2010

यपरा छाप्ने तयारी : स्व. भरत भुर्तेल

'हामीले एमआरपी छाप्ने भनकै होइन।' परराष्ट्रमन्त्रीका हैसियतले उपप्रधानमन्त्रीले भन्नुभयो- 'अदालतले गलत ढंगले बुझ्यो।'

'के छाप्ने भन्नुभएको त?' अदालतबाट सोधियो विवाद एमआरपीकै होइन?'

'हुँदै होइन।' उपप्रधानमन्त्रीले जबाफ दिनुभयो- 'विवाद हुने काममा सरकारले कामै गर्दैन।'

'त्यसो भए के त?' अदालतबाट सोधियो- 'यो मुद्दा पर्नुपर्ने कारण के हो?'

'त्यो चाहिँ मुद्दा दिनेलाई सोध्नुपर्ला!' यसपाली प्रधानमन्त्रीले भन्नुभो- 'यो हामीले भन्ने कुरो होइन।'

'कसले भन्ने त?' अदातबाट प्रश्न गरियो- 'सरकारले सबै खुलस्त पार्नु पर्दैन?'

कतिपय राजनीतिक प्रश्न हुन्छन्। प्रधानमन्त्रीले भन्नुभो- 'कति चाहिँ कूटनीतिक प्रश्न हुन्छन्।'

'त्यो त होलान्।' अदालतबाट जिकिर गरियो- 'जुन प्रश्नको पनि उत्तरै नहुने होइन होला।'

कतिपय प्रश्नका उत्तर हँुदैनन्। प्रधानमन्त्रीले भन्नुभो- 'जस्तो एमआरपीको उत्तर छैन।'

'एमआरपी छपाउने।' अदालतबाट भनियो- ' उत्तर चाहिँ नहुने यो त भएन।'

'एमआरपी कसले छाप्यो।' पुनः उपप्रधानमन्त्रीले सोध्नुभो- 'तपाईँसँग प्रमाण छ?'

'प्रमाण नभई मुद्दा चल्छ?' अदालतको जवाफ आयो- मुद्दा चल्नु नै प्रमाण हो।'

'हामीले एमआरपी छापेकै होइन।' उपप्रधानमन्त्रीले भन्नुभो- 'मुद्दा खारेज हुनुपर्छ।'

'के छापेको हो?' अदालतबाट सोधनीभयो- त्यो जवाफ नदिई मुद्दा खारेज हुँदैन।

'यो चाहिँ छापेपछि थाहा हुन्छ।' प्रधानमन्त्रीले भन्नुभो- 'अखबारले लेखिहाल्छन्।'

'रेडियोले भन्छ।' प्रधानमन्त्रीले भन्नुभो- 'टेलिभिजनले देखाउँछ।'

'हरेकले चर्चा गर्छन्।' प्रधानमन्त्रीले भन्नुभो- 'अदालतले पनि थाहा पाउँछ।'

'एमआरपी छाप्न मिल्दैन।' अदालतबाट भनियो- 'कुरो यत्ति हो।'

'सरकारलाई थाहा छ।' उपप्रधानमन्त्रीले भन्नुभो- 'त्यही भएर एमआरपी नछापेको हो।'

'नछापेको भए विवाद किन त?' अदालतले सोध्यो- जवाफ चाहियो।

'जवाफ प्रष्ट छ।' उपप्रधानमन्त्रीले भन्नुभो- 'सरकारले एमआरपी छाप्ने निर्णय गरेको छैन।'

'झुटो बोल्नुभो।' अदालतबाट भनियो- 'सरकारमा भएर झुटो बोल्नु हुँदैन।'

'थाहा भएसम्म भन्नु पर्‍यो।' अदालतबाट आग्रह गरियो- 'एमआरपी प्रकरण आखिर के हो?'

'केही पनि होइन।' उपप्रधानमन्त्रीले भन्नुभो- 'यो हात्ती आयो हात्ती आयो फुस्साजस्तै हो।'

'वास्तवमा यो प्रकरण हात्तीजस्तै हो।' प्रधानमन्त्रीले भन्नुभो- अब चाहिँ फुस्सा होलाजस्तो छ।

'कसरी?' अदालतबाट सोभियो- पासपोर्ट र हात्तीबीच के सम्बन्ध?

'सम्बन्ध थियो।' उपप्रधानमन्त्रीले भन्नुभो- 'अब नहोला जस्तो छ।'

'कुरो बुझिएन।' अदालतले स्पष्टीकरण माग्यो- 'वास्तवमा भन्न खोजेको के हो?'

'सबै कुरा बुझिँदैन।' प्रधानमन्त्रीले भन्नुभो- 'बुझाउन पनि सकिँदैन।'

'तैपनि हात्तीको कुरा चाहिँ के हो?' अदालतबाट सोधियो- पासपोर्टसँग हात्ती कसरी गाँसियो?

'समयका कारण।' उपप्रधानमन्त्रीले भन्नुभो- 'सबै कुरा समयअनुसार हुने रहेछ।'

'यो समय हात्तीको हो।' प्रधानमन्त्रीले भन्नुभो- 'त्यही भएर पासपोर्टमा हात्ती गाँसियो।'

'अहिले परिस्थिति बदलियो।' उपप्रधानमन्त्रीले भन्नुभो- हात्ती आउँछ भनेको फुस्सा आउलाजस्तो छ।

'किन त्यसो भयो?' अदालतबाट सोधियो- 'यसको कारण?'

'सबैको मेरो आरिस गरे।' उपप्रधानमन्त्रीले भन्नुभो- 'लेखा समितिमा सबै लोकतन्त्र विरोधी छन्।'

'त्यो चाहिँ मलाई पनि लाग्यो।' प्रधानमन्त्रीले समर्थन गर्नुभो- 'उहाँको कुरा सही छ।'

'लोकतन्त्र विरोधीमात्र होइन।' उपप्रधानमन्त्रीले भन्नुभो- 'हात्ती विरोधीसमेत पनि छन्।'

'अब के गर्ने त?' अदालतबाट सोधनीभयो- 'पासपोर्ट के गर्नुहुन्छ?'

'नछाप्ने।' उपप्रधानमन्त्रीले भन्नुभो- 'अदालतले भन्यो भने छाप्दैनौ।'

'काम कसरी चल्छ?' अदालत पुनः जिज्ञासु भयो- 'पासपोर्ट चाहिँदैन !'

'अब राहदानी छाप्ने।' उपप्रधानमन्त्रीले भन्नुभो- 'यपरा'

'यपरा।' अदालतले सोध्यो- यपरा भनेको कोपरा भनेजस्तै हो?'

'होइन।' उपप्रधानमन्त्रीले भन्नुभो- 'यपरा भनेको यन्त्रले पढ्ने राहदानी हो।' थप्नुभो- 'यो छापिन्छ र सरकारले जहाँ भन्छ त्यहीँ छापिन्छ।'
(स्रोत नागरिकन्यूज)

0 comments: