६ बैशाख, काठमाडौं । विवादका बाबजुद नेपाली सेनाले सोमबार २ सय ७१ पदमा नयाँ भर्ना खोलेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालयले प्राविधिक पदका लागि भन्दै खुल्ला प्रतिस्पर्धाद्वारा भर्ना आह्वान गरेको हो ।
सेनाद्वारा जारी सार्बजनिक सूचनामा ‘स्वीकृत दरबन्दी भित्र रिक्त पदमा शान्ति सम्झौता हुँदाको बखत कायम रहेको संख्यालाई आधार मानि सो संख्या नबढ्ने गरी’ खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागिएको उल्लेख छ । सेनाले एमविविएस डाक्टर, जनरल मेकानिक्स, रेडियो मेकानिक्स, भेहिकल मेकानिक्स, सिभिल ओभरसियरलगायत पदमा भर्ना आह्वान गरेको हो ।
बृहत शान्ति सम्झौता हुँदाको बखत नेपाली सेनाको संख्या ९५ हजार ७ सय ५३ थियो । शान्ति सम्झौतामा सरकार र विद्रोही पक्ष दुवैले नयाँ भर्ना नखोल्ने स्पष्ट उल्लेख छ । यसअघि पनि नेपाली सेनाले प्राविधिक बाहेकका पदमा दुई हजार नौं सय भर्ना गरेको थियो । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले बाँकी पदपूर्तिका लागि पनि चरणबद्ध भर्ना आह्वान गरिने बताउनुभयो ।
शान्ति विरोधी कृयाकलापमा सेनाको संलग्नता : माओवादी
एकीकृत नेकपा माओवादीले भने भर्नाप्रति आपत्ती जनाउँदै सरकारले बिस्तृत शान्ति सम्झौता उल्लंघन गरेको जनाएको छ । माओवादीका पूर्व डेपुटि कमाण्डर एवम् माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले भर्ना आह्वान गरेर सरकारले शान्ति र संविधान विरोधी कृयाकलापमा नेपाली सेनालाई संलग्न गराएको टिप्पणि गर्नुभयो । ‘राज्यको पुनःसंरचना र सुरक्षा योजना तयार नहुँदै नयाँ भर्ना खोलेर सरकारको शान्तिसम्झौता विरोधी नीति स्पष्ट भएको छ,’ प्रभाकरले भन्नुभयो, ‘सेनालाई सरकारले शान्ति विरोधी कृयाकलापमा संलग्न गरायो ।’
शान्ति सम्झौतामा स्पष्ट नयाँ भर्ना नखोल्ने बुँदालाई बेवास्ता गरेर सरकारले दिएको आदेश नै शान्ति सम्झौता विपरीत भएको उहाँले स्पष्ट पार्नुभयो । शान्ति सम्झौता उल्लंघन गरिरहेका प्रधानमन्त्री र मन्त्रीहरुलाई जनताले उचित जवाफ दिने उहाँले चेतावनी दिनुभयो ।
(अनलाइन खबरबाट)
Monday, April 19, 2010
सेनाद्वारा नयाँ भर्ना आह्वान, माओवादीको आपत्ती
Subscribe to:
Post Comments (Atom)

1 comments:
kina sarkarle yasto gareko hola bharna garnu ko satta maobadi sena lai samayojan gare ta hunchha hoina ra?
Post a Comment