मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 18, 2010

भाषा अध्ययन गर्न जापान पुगेकी सबिना वेपत्ता

जापान बैशाख ५ । दुई वर्षअघि जापानीज भाषा स्कुलमा अध्ययन गर्न फुकुओका पुगेकी सबिना महर्जन आठ महिनादेखि वेपत्ता भएकी छन् । अगस्ट २७ मा विद्यालयमा उनी अनुपस्थित भएको थाहा पाएपछि स्कुलका कर्मचारीले उनलाई फोन गरेका थिए । फोनमा उनले साइकलको टायर पन्चर भएकोले स्कुल आउन ढिला भएको बताएकी थिइन् । त्यही दिनदेखि महर्जन सम्पर्कमा नरहेको सुरक्षा जाँच अधिकारीहरुलाई उद्धृत गर्दै जापानको क्योदो समाचार संस्थाले जनाएको छ ।

‘अगस्त २८ देखि उनको फोनमा सम्पर्क हुन नसकेपछि ३१ अगस्टमा साथीहरु उनको घर पुग्दा उनी बस्ने गरेको घरको मूल ढोका बन्द थियो । त्यसपछि स्कुलका कर्मचारीहरुले सुरक्षाकर्मीहरुलाई खबर गरेपछि घरभित्र पस्दा घरमा कोही नभएको तथा एउटा बिछ्यौना र टेबुलमात्र फेला परेको थियो । महर्जन चढेर स्कुल जाने गरेको साइकल पनि घरमा थिएन,’ समाचारमा भनिएको छ ।

समाचार स्रोतका अनुसार महर्जनको पढाई खर्चवापत् मासिक छत्तीस हजार ऐन नेपालमै रहेका उनका अभिभावकले नियमित तिर्ने गरेका थिए । दैनिक खर्च चलाउन उनले ‘पार्टटाइम’ काम पनि गर्ने गर्थिन् । काम गर्ने कार्यालय र विद्यालयमा पनि उनी नियमित उपस्थित हुने गरेकी थिइन् । अध्ययनमा रुची राख्ने महर्जन सम्पर्कविहीन भएकोमा विद्यालयले दुःख व्यक्त गरेको छ ।

0 comments: