मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 16, 2010

मेरो अतित


फर्केर नहेर मेरो अतित , म धेरै तल झरीसकेछु
आफ्नै बोझ थाम्न सकेको छैन ,म त कम्जोर भैसकेछु ,
नसोध मेरो परिचय अब, मैले त आँफैलाई भुली रहेछु
फर्केर नहेर मेरो अतित , म त छरिन लागिरहेछु ।।

अपराध केही गरेको हैन , दोषी आँफैलाई ठानी रहेछु
मनस्थितीलाई सम्हाल्ने निहुले, अचेल त रक्सिन थालेछु ,
नआउ मेरो नजिक अब , म सबै बाट टाढा भागीरहेछु
फर्केर नहेर मेरो अतित ,म त परदेसिन लागिरहेछु ।।

भविस्यको अंधकार भित्र, बिना डोरिको फाँसीमा झुन्डिने भएछु
हिमालजस्तो चट्टाने मनलाई, थोपा थोपामा बाडि रहेछु ,
तिमीलाई बाजी जिताउने रहर, आफु त सधैं हारी रहेछु
फर्केर नहेर मेरो अतित, म त आसुँ झै बगी रहेछु।।

खोरिया भरी छरेको माया, तोरिबारिमा सारी रहेछु
सपना फुल्ने त्यो गमलाभरी, क्याक्टस् का बेर्ना रोपिरहेछु,
सुस्केरा सग साटेर रातलाई, बिहानी सग रोएको छु
फर्केर नहेर मेरो अतित, म त गाइजात्रे पाराले बाँचेको छु।।

गगन भरी लाखौं छन तारा, गन्दै र भुल्दै गरेको छु
आकाश झुक्छ धरती तिर , मैले त झुठै ठानेको छु,
सपना भन्छन बिपना भन्छन,दोसाँधै मा पो उभियछु
फर्केर नहेर मेरो अतित, म त घाऊ झै दुखी रहेछु।।

प्रयास
हाल: जर्मनी  

0 comments: