योगेन्द्र मिलन छन्त्याल, पत्रकार (जर्मनी)
सन् १९७७ सेप्टेम्वर २९ तारिखका दिन बागलुङमा जन्मेका योगेन्द्रमिलन छन्त्यालले प्राथमिक शिक्षा मंगला प्रा. वि. बोंगाखानी र माध्यमिक तहको शिक्षा जनजागृति मा. वि. बोंगादोभानबाट लिएका हुन्। उनको उच्च शिक्षा पाटन संयुक्त र सरस्वती बहुमुखी क्याम्पस काठमाण्डौ र पी.एन.क्याम्पस पोखरामा सम्पन्न भएको हो । राजनीतिशास्त्रमा स्नातक र समाजशास्त्रमा एकवर्षे वि.एड. गरेका छन्त्याल आफ्नै गाउँको मा.वि.मा अध्यापन गर्दागर्दै पत्रकारिता क्षेत्रप्रति आकर्षित भइ २०५८ सालमा सो पेशा छोडेर छिमेकी जिल्ला म्याग्दीमा गएर पत्रकारितामा प्रवेश गरे । अनुभव संगसंगै उनले हिमालय टाइम्स दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक र स्थानीय साप्ताहिक पत्रिकाहरुमा निरन्तर रिपोर्टिंग र रचनाहरु छपाउदै आए l जनान्दोलन २ पछि नेपालमा एफएमहरु खुल्ने क्रममा उनले बागलुंग एफएममा काम गर्न शुरु गरे । धौलागिरीका मानवअधिकारको क्षेत्रमा समेत चर्चित छन्त्यालले २०६३ मा संचालन गरेको नेपाली रेडियो कार्यक्रम संविधानसभा र मानव अधिकारको हरेक अंक वेबसाइटमा राख्ने र स्क्रिप्ट संसारभरका नेपालीहरुका इमेलमा पठाउने गरेपछि उनी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित बने । अवसरबाट वन्चित बनाइकाहरुका पक्षमा सधै वकालत गर्ने छन्त्यालको तालिम सहजीकरण र मानवाधिकारको क्षेत्रमा समेत लामो अनुभव रहेको छ । उनी २०६५ को मध्येतिर जर्मनी आएका थिए ।
Monday, January 25, 2010
रेडियो टाइटन मेरो बारेमा लेख्छ l
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment