मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, January 7, 2010

अप्ठेरो आइपरे विकल्प पनि छ l

थुप्रैको रुप देखेको छु
थुप्रैको बोली सुनेको छु l
तिम्रो बिशेष प्रभावमा परेको छु
तिमीलाई मैले हृदयमा राखेको छु l

तिम्रो मेरो जात मिलेको छैन
तिम्रो मेरो बात चलेको छैन l
तिमीलाई मनको कुरा भन्न पनि सकेको छैन
चाह छंदाछंदै पत्र कोर्न पनि सकेको छैन l

उपन्यास पढेको छु
मान्छेहरुको व्यवहार देखेको छु l
सबैमा विपरित लैंगिक आकर्षण हुन्छ
जे होस् जीवनमा मैले तिमीलाई मन पराएको छु l

तिमीलाई पनि मनमा उथलपुथल भएका होलान
सबै कुरा लेखु भने बुज्रुकहरुले अश्लिल भन्लान l
थोरै शब्दमा लेख्दा भाव नै आउदैनन
तिमीबिना हिजोआज निद्राभोक लाग्दैनन् l

कुरा गर्दा मैले तपाई नै भन्छु
यहाँ मैले तिमी भनेको छु, दुख नमान्नू l
सार्वजनिक सृजनामा प्रस्ताव राखेको छु
दिलको कुनामा राख्दाराख्दै मलाई होइन होला नभन्नू l

फूल फूलेपछि एकदिन टिपिनैपर्छ
सुवाष फैलाउने बेलामा पुष्पपत्र फक्राउनैपर्छ l
अल्पसमयमै मैले तिमीलाई रोजिसकेको छु
अप्ठेरो आइपरे विकल्प पनि खोजिसकेको छु l

0 comments: